७असार चितवन,
चितवनमा यात्रुवाहक बस र माइक्रो ठोक्किँदा सात जनाको मृत्यु भएको छ। चितवको राप्ती नगरपालिका–३ स्थित पूर्वपश्चिम राजमार्ग सडकमा यात्रुवाहक बस र माइक्रो ठोक्किँदा सात जना यात्रुको मृत्यु भएको हो। दुर्घटनामा २० जना घाइते भएका छन्।
धनगढीबाट काकडभिट्टा जाँदै गरेको प्रदेश१(०१(००१ख ३५८३ नम्बरको बस र विपरीत दिशातर्फ आइरहेको बागमती प्रदेश ०३(००१ज २९९ नम्बरको माइक्रो ठोक्किएको चितवनका डिएसपी रवीन्द्र खनालले जानकारी दिए।
प्रहरीका अनुसार घाइतेहरूको अवस्था सामान्यदेखि गम्भीरसम्म रहेको छ। घाइतेहरूलाई भरतपुर अस्पताल, एलाईभ अस्पताल, पुरानो मेडिकल कलेज र नयाँ मेडिकल कलेजमा उपचारका लागि लगिएको छ।
भरतपुर सरकारी अस्पतालमा मृत्यु हुनेहरूमा मकवानपुर हटिया(३ का ५५ वर्षीय सोम प्रसाद रुपाखेती, हेटौंडा(५ की ५३ वर्षीया मैया कुमारी न्यौपाने पहाडी, नामथर खुल्न नसकेकी १८र१९ र २४र२५ वर्षीया दुई महिला, २२ र २३ वर्षीय पुरुष, ३० र ३५ वर्षीया गर्भवती महिला र ३५ र ४० वर्षीय पुरुष रहेका छन्।
एलाईभ अस्पतालमा उपचाररत घाइतेहरूमा मकवानपुरका सक्षम थापा ९१६०, सिंहबिर घलान ९३२०, विष्णु लम्साल ९३१० र गंगा घलान ९३४० छन्। पुरानो मेडिकल कलेजमा झापा गौरादह(९ की सुशीला बराल ९६५०, उमा बराल ९६७०, कञ्चनपुर बेलौरी(४ का वीरबहादुर जैसी ९४८० र रुकुम पश्चिम आठबिस्कोट(९ का सन्देश ओली ९३०० को उपचार भइरहेको छ। नयाँ मेडिकल कलेजमा १० जनाको उपचार भइरहेको छ, जसको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
दुर्घटनास्थलमा दुवै सवारी साधन रहेकाले दुईतर्फी राजमार्ग अवरुद्ध भएको छ। प्रहरीले क्रेनको सहायताले बाटो खुलाउने प्रयास गरिरहेको र डाइभर्सनमार्फत सवारी सञ्चालन भइरहेको जनाएको छ।
घटनास्थलमा इप्रका भण्डाराबाट प्रहरी निरीक्षक रुपेश बिष्ट, इप्रका खैरहनीबाट प्रहरी निरीक्षक प्रदिपजंग महत र इप्रका टाँडीबाट प्रहरी नायब उपरीक्षक रन्जन अवाको नेतृत्वमा ४५ जनाको प्रहरी टोली खटिएको छ।
घटनाको थप अनुसन्धान र विवरण सङ्कलन भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता रविन्द्र खनालले बताए।




