काठमाडौं । साताको पहिलो कारोबार दिन आज आइतबार सुनको मूल्य प्रतितोला १६०० रूपैयाँले बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु २ लाख ५२ हजार २०० रुपैयाँ पुगेको छ। शुक्रबार प्रतितोला रु २ लाख ५० हजार ६०० रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको मूल्य पनि बढेर तोलामा रु ३ हजार ४९० कायम भएको छ। शुक्रबार चाँदी रु ३ हजार ३४५ मा कारोबार भएको थियो।




