काठमाडौं । सुनचाँदीको मूल्य निरन्तर उकालो लागेको छ । आज बुधबार सुनको मूल्य प्रतितोला ८०० रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ५४ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । मङ्गलबार सुनको मूल्य प्रतितोला रु २ लाख ५३ हजार ३०० निर्धारण भएको थियो ।
त्यसैगरी, चाँदीको मूल्य आज ११० रुपैयाँले बढेर प्रतितोला ३ हजार ६५५ रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदी प्रतितोला चाँदी रु ३ हजार ५४५ मा कारोबार भएको थियो ।




