काठमाडौं । सहरी विकास, ऊर्जा, जलस्रोत तथा सिँचाइ र भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङको समर्थनमा गठन भएको उज्यालो नेपाल पार्टीको औपचारिक घोषणा भएको छ।
काठमाडौंको राष्ट्रिय सभा गृहमा आयोजित घोषणा सभालाई स्वयं घिसिङले सम्बोधन गरेका छन्। पार्टी घोषणा सभास्थलमा हरियो टोपी लगाएका हरियो झन्डा बोकेका समर्थकहरुको बाक्लो उपस्थिति रहेको छ ।




