चितवन । चितवनको रत्ननगर नगरपालिका-६ मा रहेको पार्क साइट होटलको छतबाट खसेर एक छात्राको मृत्यु भएको छ।
शैक्षिक भ्रमणमा आएकी सिन्धुलीको कमलामाई नगरपालिका–६ घर भएकी १८ वर्षीया स्नेहा पाख्रिनको सौराहाको होटलबाट खसेर निधन भएको हो।
बुधबार राति भएको घटनामा स्नेहा पाख्रिन गम्भीर घाइते भएकी थिइन्। उनको स्थानीय बाकुहार अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।
पाख्रिन सिन्धुली गुरुकुल कलेजबाट शैक्षिक भ्रमणमा चितवन आएको बताइएको छ। घटनाको थप अनुसन्धान भइरहेको छ।




