काठमाडौं । काठमाडौंको सिनामङ्गलमा आफ्नै चार महिने छोराको हत्या गरेको अभियोगमा नेपाल प्रहरीका सहायक निरीक्षक (असई) पुष्कर कार्की पक्राउ परेका छन् ।
असई कार्कीलाई हत्या गरेर भागेको अवस्थामा नागढुङ्गाबाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
प्रहरीका अनुसार जन्मेदेखि नै ब्रेन ट्युमरका कारण बिरामी रहेर उपचाररत शिशु सुतेकै अवस्थामा रहेका बेला असई कार्कीले धारिलो हतियार प्रयोग गरी उनको हत्या गरेका हुन् । हत्याको अनुसन्धान हुँदैछ ।




