काठमाडाैं । नेपाल प्रिमियर लिग (एनपिएल) को जारी दोस्रो संस्करण अन्तर्गत एलिमिनेटरमा आज काठमाडौँ गोर्खाज र लुम्बिनी लायन्स भिड्दैछन् । अपराह्न ४ः०० बजे कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा खेल सुरू हुनेछ।
यसअघि लिग राउन्डमा काठमाडौंसँग २२ रनले पराजित भएको लुम्बिनी इलिमिनेटरमा बदला लिने तयारीका साथ मैदानमा हुनेछ । लिग चरणको सातमध्ये पाँच खेलमा जित र दुई खेलमा हारसहित काठमाडौँ गोर्खाज १० अङ्क बटुल्दै तेस्रो स्थानमा रहेको थियो। लुम्बिनी लायन्स सात खेलमा चार जित र तीन हारसहित ८ अङ्क जोड्दै प्लेअफ पुगेको थियो।




