काठमाडौं । नेपाली बजारमा आज सुनको भाउ सामान्य बढेको छ। अघिल्लो दिनको तुलनामा सुनको मूल्य आज २०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी संघले जनाएको छ ।
आज एक तोला मूल्य २ लाख ५२ हजार १०० रुपैयाँ कायम भएको छ। बुधबार सुन प्रतितोला २ लाख ५१ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो।
यस्तै, आज चाँदीको मूल्य भने तोलामा रु ५० ले बढेर हालसम्मकै उच्च मूल्य कायम भएको छ । महासंघका अनुसार आज चाँदी प्रतितोला ३ हजार ७५० रुपैयाँ कायम भएको छ। हिजो चाँदी तोलाको तीन हजार ६०० रुपैयाँमा कारोबार भएको थियो।




