काठमाडाैं । नेपाली कांग्रेसका वरिष्ठ नेता चन्द्र भण्डारीले पार्टीको आगामी १५औँ महाधिवेशनमा सभापति पदका लागि उम्मेदवारी दिने औपचारिक घोषणा गरेका छन्। बुधबार सामाजिक सञ्जालमार्फत् उनले पार्टी नेतृत्वका लागि प्रतिस्पर्धामा उत्रने आफ्नो निर्णय सार्वजनिक गरेका हुन्।
देश, जनताको हित, प्रजातन्त्रको रक्षा र संगठनको आवश्यकता जसरी देखिन्छ, त्यहीअनुसार अघि बढ्न आफू सधैं तयार रहेको उनले बताएका छन्। उनले साथीहरूको सुझाव, समयको आवश्यकता र राजनीतिक परिवेशलाई सम्मान गर्दै निर्णय लिनु आवश्यक हुने पनि प्रष्ट पारेका छन्।
साथीहरूको जिज्ञासा मेरो धारणा !!!नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदप्रति मेरो आकांक्षा स्पष्ट छ, दृष्टिकोण पनि उति नै निर्धारित ! तर देश जनता ,प्रजातन्त्रको हित र संगठनको आवश्यकता जहाँ उभिन्छ, त्यहीअनुसार शून्यदेखि सयसम्म—जसरी आवश्यक पर्छ, त्यस्तै रूपले अघि बढ्न तयार छु। साथीहरूको सुझाव , समयको माग र राजनीतिक बजार लाई सम्मान गर्दै कदम चाल्न पर्दछ ।जय नेपाल !!!




