विराटनगर । नेपाली कांग्रेसका वरिष्ठ नेता तथा पूर्वमन्त्री आमोदप्रसाद उपाध्यायको निधन भएको छ । लामो समयदेखि मुखको क्यान्सरबाट पीडित उपाध्यायको शनिबार साँझ काठमाडौँस्थित ह्याम्स अस्पतालमा उपचारको क्रममा निधन भएको हाे । उनी ९२ वर्ष पुगेका थिए ।
मोरङबाट प्रतिनिधि सभा, राष्ट्रिय सभाको प्रतिनिधित्व गर्दै सांसदको जिम्मेवारी निर्वाह गरेका उपाध्याय २०५६ सालमा शेरबहादुर देउवाको मन्त्रिपरिषदमा शिक्षामन्त्री बनेका थिए ।
स्व उपाध्यायको अन्तिम दाहसंस्कार धार्मिक परम्परा अनुसार भोली सोमबार पशुपति आर्यघाटमा हुने पारिवारीक स्रोतले जनाएको छ ।




