रुपन्देही । रुपन्देहीको भैरहवा-परासी सडक खण्डमा सोमबार मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा ओमसतिया गाउँपालिका-३ का २१ वर्षिय राजु हरिजन र रोहित यादव (२३) रहेको प्रहरीले जनाएकाे छ ।
परासीबाट भैरहवा तर्फ आउँदै गरेको ग ११ प ८६२५ नम्बरको मोटरसाइकलले आज बिहान भैरहवा-परासी खण्डको परासीझुवामा पार्किङ गरी राखिएको भारतीय नम्बर प्लेट (एचआर ५५ डब्लु ०३१) ट्रकलाई ठक्कर दिँदा दुर्घटना भएको हो ।
गम्भीर घाइते राजु र रोहितको भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको हाे । प्रहरीले ट्रकलाई नियन्त्रणमा लिएको छ र अनुसन्धानका लागि चालकलाई पक्राउ गरेको छ ।




