काठमाडाैं । आज नेपाली बजारमा सुनको मूल्य प्रतितोला १७०० रुपैयाँले घटेको छ।
आज सुन प्रतितोला २,५९,००० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। सोमबार प्रतितोला २ लाख ६० हजार ७०० रुपैयाँमा कारोबार भएको थियो।
यस्तै, चाँदीको मूल्य भने आज १५ रुपैयाँले बढेर ३ हजार ८८५ रुपैयाँमा कारोबार भइरहेको छ।




