सुनसरी । विराटनगरस्थित नोबेल मेडिकल कलेजको साढे पाँचौँ तलाबाट हामफालेका चिकित्सकको मृत्यु भएको छ । आइतबार बिहान साढे ६ बजे हामफालेर गम्भिर घाइते भएका उनको उपचारका क्रममा मृत्यु भएको हो ।
मृत्यु हुनेमा सप्तरीको राजविराज नगरपालिका-९, जगदरीका ३४ वर्षीय अमित यादव रहेको प्रहरीले जनाएको छ । उनी सोही मेडिकल कलेजको एमबीबीएस इन्टर्न डाक्टर हुन् । प्रहरीका अनुसार यादव बिहान करिब ६:३० बजे नोबेल मेडिकल कलेजको मुख्य ढोका नजिकै रहेको भवनको पाँचौं तलाबाट खसेका थिए ।
घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




