काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच सोमबार महाराजगञ्जस्थित देउवा निवासमा भेटवार्ता भएको छ ।
भेटघाटका क्रममा समसामयिक राजनीतिक मुद्दा, देशको वर्तमान अवस्था र आपसी सहयोगका बारेमा छलफल भएको बताइएको छ ।
एमाले महासचिव शंकर पोखरेल पनि भेटघाटमा उपस्थित थिए । जेनजी आन्दोलनपछि उनीहरूकाे याे दोस्रो भेट हो ।




