काठमाडाैं । देशभर पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । हाल तराईका अधिकांश स्थानहरूमा कुहिरो लागेको छ ।
आज दिउँसो देशका तराई भू-भागमा हुस्सु रहनेछ । कोशी प्रदेश, मधेश प्रदेश र बागमती प्रदेशका तराई भू-भागमा मध्यान्न सम्म तथा बाँकी तराई भू-भागमा दिनभर कुहिरोको समेत सम्भावना रहेको छ । पहाडी तथा हिमाली भू-भागमा मौसम मुख्यतया सफा रहने छ ।
यस्तै राती तराई भू-भागमा हुस्सु रहनेछ । पहाडी तथा हिमाली भू-भागमा मौसम मुख्यतया सफा रहने छ ।




