काठमाडाैं । क्रिकेट खेलाडी मिनष थापाको मोटरसाइकल दुर्घटनामा परी निधन भएको छ । २७ वर्षीय थापाको आज बिहान विराटनगरमा भएको दुर्घटनामा मृत्यु भएको प्रहरीले जनाएको छ ।
नले चलाएको प्रदेश १–०२–०४२ प ८००२ नम्बरको मोटरसाइकल राति करिब पौने १ बजेतिर अनियन्त्रित भएर दुर्घटना भएको थियो । दुर्घटनामा गम्भीर घाइते भएका थापालाई उपचारका लागि कोशी अस्पताल पुर्याउदा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
विराटनगर बासिन्दा थापा कोशी प्रदेशबाट प्रतिनिधित्व गर्दै ९ वर्षभन्दा लामो समयदेखि राष्ट्रिय क्रिकेट खेल्दै आएका थिए । उनले केही फ्रेन्चाइज लिगसमेत खेलेका उनी एक प्रतिभाशाली ब्याट्सम्यान थिए ।




