काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबीच फेरी भेटवार्ता भएको छ ।
ललितपुरको कुपण्डोलस्थित बालेनका सहयोगी कुमार व्यजनकारको निवासमा उनीहरुबीच वार्ता जारी छ ।
केही दिनअघि रास्वपा सांसद आसिम शाहको निवासमा दुई जनाबीच ६ घन्टा लामो छलफल गरेका उनीहरुबीच आज हुने छलफललाई निर्णायक भनिएको छ ।
स्रोतका अनुसार छलफल फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि सम्भावित रणनीतिमा केन्द्रित छ । सो बैठकस्थल बाहिर ‘हामी नेपाल’ का अध्यक्ष सुदन गुरुङ तथा सागर ढकाल पनि देखिएका छन् ।
यसअघि आजै बालेनले भौतिक पूर्वाधार, ऊर्जा तथा शहरी विकासमन्त्री कुलमान घिसिङ र नेपाली कांग्रेसका पूर्व सांसद सुनील शर्मासँग पनि भेट गरेका थिए। शर्माका अनुसार उनीहरूबीच प्रतिनिधिसभा पुनःस्थापनासम्बन्धी प्रक्रियाको सम्भावित परिणामबारे छलफल भएको थियो ।




