काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहसँग वार्ता सकेर रास्वपा सभापति रवि लामिछाने निस्किएका छन् ।
वार्ता ललितपुरको ज्वागलस्थित मेयर शाहका सहयोगी कुमार बेनको निवासमा भएको थियो । दुई नेताबीचको कुराकानी र वार्ताका विषयवस्तुबारे विस्तृत जानकारी अहिलेसम्म सार्वजनिक भएको छैन ।
वार्ता कत्तिको सकारात्मक रह्यो भन्ने पत्रकारको प्रश्नमा रविले ‘मेरो अनुहारले के बताउँछ?’ भन्दै छोटो प्रतिक्रिया दिएका छन् ।




