काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् पूर्वगृहमन्त्री रमेश लेखक आज जाँचबुझ आयोगसमक्ष उपस्थित हुँदैछन् । जेनजी आन्दोलनका समयमा भएका घटनाक्रमबारे बयान दिन उनी आयोगमा उपस्थित हुन लागेका हुन् ।
जेनजी आन्दोलनको समयमा गृहमन्त्रीको रूपमा कार्यरत लेखकमाथि प्रदर्शनकारी विद्यार्थीहरूमाथि गोली चलाउने आदेश जारी गरेको आरोप छ । विरोध प्रदर्शनपछि गठन भएको सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले उनलाई सोधपुछको लागि बोलाएको हो ।
यसैबीच, लेखकले मंगलबार विशेष पत्रकार सम्मेलन गर्ने भएका छन् । मंगलबार दिउँसो साढे २ बजे सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा पत्रकार सम्मेलन आयोजना गरिएको सचिवालयले जनाएको छ ।




