भक्तपुर । भक्तपुरको लोकन्थलीमा आज बिहान भएकाे सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।
काठमाडौँबाट भक्तपुरतर्फ आउँदै गरेको बा २३ प ९२३४ नम्बरको मोटरसाइकललाई सोही दिशाबाट आउँदै गरेको डिजेल बोकेको ना ७ ख ९२६६ नम्बरको ट्यांकरले ठक्कर दिएको थियो ।
मृत्यु हुनेमा दार्चुला घर भई हाल काठमाडौंको कीर्तिपुर बस्ने ३२ वर्षीया स्वस्तिका ऐर बडाल रहेकी छन् । उनका श्रीमान् मोटरसाइकल चालक ३४ वर्षीय करण सिंह बडाल गम्भीर घाइते भएका छन् । उनको उपचार भइरहेको प्रहरीले जनाएको छ ।
प्रहरीले ट्यांकर चालक बारा जितपुर सिमरा उपमहानगरपालिका–२१ अमलेखगन्ज बस्ने २५ वर्षीय प्रशान्त बललाई नियन्त्रणमा लिएको छ ।




