काठमाडौं । गुरुङ समुदायको प्रमुख पर्व तमु ल्होसारको अवसरमा आज शुभकामना सन्देश जारी गर्दै राष्ट्रपतिले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूलाई शान्ति, सुख, समृद्धि, प्रगति र सुस्वास्थ्यको कामना व्यक्त गरेका छन्।
गुरुङ समुदायको प्राचीन पात्रो र परम्परागत जीवनशैलीसँग गहिरो रूपमा सम्बन्धित यो पर्वले जाति, भाषा र संस्कृतिको विविधताले भरिएको नेपालजस्तो बहुसांस्कृतिक समाजमा जातीय सद्भाव, विविधताको सम्मान र राष्ट्रिय एकता प्रवर्द्धन गर्ने विश्वास राष्ट्रपतिले व्यक्त गरेका छन्। साथै, तमु ल्होसार पर्वले सम्पूर्ण नेपालीहरूबीच आपसी सहिष्णुता र पारस्परिक सम्बन्ध अझ सुदृढ बनाउने उल्लेख गरेका छन्।




