काठमाडाैं । एमाले अध्यक्ष केपी शर्मा ओलीलाई जाँचबुझ आयोगले बयानका लागि बोलाउने तयारी गरेको छ ।
बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय बाहिर पत्रकारहरूसँग कुरा गर्दै आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले जेनजी आन्दोलनसँग जोडिएको विषयमा ओलीलाई बयानका लागि पत्र पठाउने तयारी भइरहेको बताए ।
उनले पूर्वगृहमन्त्री रमेश लेखकको बयान भने लिइसकिएको जानकारी दिए । पछिल्लो पटक थपिएको म्यादभित्रै आयोगले आफ्नो प्रतिवेदन बुझाउने दाबी कार्कीले गरेका छन् ।




