चितवन । सिटी पेन्ट्स प्रा. लि. द्वारा आयोजित ‘डिलर साथी भेटघाट कार्यक्रम २०८२’, पुष १८ गते देबचुलीस्थित पिप्रहर सामुदायिक होमस्टे, ग्राममा सौहार्दपूर्ण र उत्साहपूर्ण वातावरणमा सम्पन्न भयो।
कार्यक्रममा सिटी पेन्ट्सका अध्यक्ष पवन राज पौडेल, डाइरेक्टरहरू कृष्ण राज भण्डारी र चिरञ्जीवी पाण्डे उपस्थित थिए। कार्यक्रममा बोल्दै चिरञ्जीवी पाण्डेले सिटी पेन्ट्स सुरु भएको कथा, अहिलेसम्मको यात्रा, हासिल गरिएका उपलब्धि र अब के–कस्ता योजना अगाडि बढाइँदैछ भन्ने कुरा सजिलो भाषामा जानकारी गराए।
१५ वर्षभन्दा बढीको कर्पोरेट अनुभव लिएर स्थापना भएको सिटी पेन्ट्सले जम्मा २ वर्षमै राम्रो बिक्री वृद्धि गर्दै बजारमा आफ्नो छुट्टै पहिचान बनाउन सफल भएको उनले बताए।
कार्यक्रमलाई अझ रमाइलो बनाउन लोकप्रिय कलाकार महेन्द्र बरालको विशेष सांगीतिक प्रस्तुति राखिएको थियो। उनको प्रस्तुतीले माहोल झनै उत्साहपूर्ण बनायो र डिलर साथीहरू निकै रमाए। सांगीतिक र सांस्कृतिक वातावरणले कार्यक्रमलाई अझ यादगार बनाएको सहभागीहरूको प्रतिक्रिया थियो।
कार्यक्रमको सञ्चालन श्रीराम पौडेलले गरेका थिए। कार्यक्रममा बागमती र गण्डकी प्रदेशका ३५ जना डिलर साथीहरूको उत्साहपूर्ण सहभागिता रहेको थियो।
डिलरहरूले सिटी पेन्ट्ससँगको सहकार्य, आपसी विश्वास र बजारमा पाएको सहयोगबारे खुलेर आफ्ना अनुभवहरू सुनाए। कार्यक्रमको अन्त्यमा डाइरेक्टर कृष्ण राज भण्डारीले धन्यवाद मन्तव्य दिँदै उपस्थित सबै डिलर साथीहरू, अतिथि तथा कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरे।
सिटी पेन्ट्सले आगामी दिनहरूमा पनि डिलरहरूसँगको सहकार्यलाई अझ मजबुत बनाउँदै गुणस्तरीय उत्पादनमार्फत बजार विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।




