काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सोमबार ठूलो राजनीतिक समायोजन घोषणा सभा गर्ने भएको छ। आइतबार जारी विज्ञप्तिमा रास्वपाले भोलि दिउँसो १ बजे राष्ट्रियसभा गृहबाट एकताको औपचारिक घोषणा हुने जानकारी दिएको छ।
आजै मात्र रूपन्देही जिल्ला अध्यक्षसहितका केही नेताहरू नागरिक उन्मुक्ति पार्टी छोडेर रास्वपामा प्रवेश गर्न लागेका छन्। यसअघि पुस १३ र १४ गते रास्वपाले काठमाडौँका मेयर बालेन शाह र उज्यालो नेपाल पार्टीसँग एकता गर्ने सहमति गरेका थिए।
नागरिक उन्मुक्ति पार्टीका पूर्व नेतृत्व, थरूहट थारूवान अभियन्ता र राष्ट्रिय स्वतन्त्र पार्टीबीचको बृहत राजनीतिक समायोजन घोषणा सभा हुने पार्टी प्रवक्ता मनिष झाले जानकारी दिएका छन्।




