काठमाडाैं । तत्कालीन प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीमाथि लगाइएको स्थान हद फुकुवा गरिएको छ।
गत भदौ २३ र २४ गते भएका घटनाको छानबिनका लागि गठन गरिएको जाँचबुझ आयोगको पुस २१ गते सोमबार बसेको बैठकले ओलीलाई तोकिएको स्थान हद फुकुवा गर्ने निर्णय गरेको हो। यसअघि आयोगले असोज १२ गतेदेखि ओलीलाई विदेश भ्रमण गर्न तथा आयोगको अनुमति बिना काठमाडौँ उपत्यका छाड्न रोक लगाएको थियो।
आयोगले आज जारी गरेको विज्ञप्तिमा आइतबार ओलीसँग सोधपुछ तथा आवश्यक बुझ्ने कार्य सम्पन्न भइसकेकोले स्थान हद फुकुवा गरिएको स्पष्ट गरिएको छ।




