काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले भदौ २३ र २४ गते भएका घटनासम्बन्धी जाँचबुझ आयोगलाई आफ्नो लिखित जवाफ पठाएका छन्।
आयोगले करिब एक साताअघि राष्ट्रपति पौडेलसँग ती घटनासम्बन्धी विवरण माग्दै भदौ २४ गते उक्त समयमा उहाँ कहाँ हुनुहुन्थ्यो, के भयो भन्ने लगायतका प्रश्नहरू सोधेको थियो। आयोगले राष्ट्रपति रामचन्द्र पौडेलसँग भदौ २४ गते घटना कसरी घट्न पुग्यो र सो समयमा उहाँ कहाँ हुनुहुन्थ्यो भन्ने लगायतका प्रश्नहरू सोधेर विवरण मागेको थियो।
राष्ट्रपति पौडेलले ती सबै प्रश्नको लिखित जवाफ पठाइसकेको शर्माले बताए। भदौ २४ गते प्रदर्शनकारीहरूले राष्ट्रपति कार्यालय शीतलनिवासमा आगजनी तथा तोडफोड गरेका थिए। अवस्था नियन्त्रण बाहिर गएपछि राष्ट्रपति कार्यालयको सुरक्षामा खटिएको नेपाली सेनाले शीतलनिवास सुरक्षित राख्न नसकेपछि राष्ट्रपति पौडेललाई भैरवनाथ गणमा लगिएको थियो।




