काठमाडौं । नेपाली बजारमा आज पनि सुनको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ हजार रुपैयाँले घटेर प्रतितोला २ लाख ६५ हजार ७ सय रुपैयाँ कायम भएको छ । अघिल्लो दिन २ लाख ६७ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, आज चाँदीको भाउ पनि घटेको छ । आज चाँदी प्रतितोला १ सय रुपैयाँले घटेर ४ हजार ८ सय ३५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । अघिल्लो दिन ४ हजार ९ सय ३५ रुपैयाँमा कारोबार भएको थियो ।




