काठमाडौं । नेपाली बजारमा सुन र चाँदीको मूल्यले सोमबार नयाँ कीर्तिमान कायम गरेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ४,१०० रुपैयाँले बढेर प्रतितोला २ लाख ७४ हजार ७०० रुपैयाँ पुगेको छ। आइतबार प्रतितोला २ लाख ७० हजार ६०० रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, आज सुनसँगै चाँदीको मूल्य पनि बढेकाे छ । आइतबारको तुलनामा चाँदी २०५ रुपैयाँले बढेर प्रतितोला ५ हजार १९५ रुपैयाँमा कारोबार भइरहेको छ।




