काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले आज मेयर पदबाट राजीनामा दिने तयारी गरेका छन्।
उनले उपमेयर सुनिता डंगोललाई राजीनामा बुझाउने छन् र त्यसपछि डंगोल कार्यवाहक मेयर बन्नेछिन्। फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा सहभागी हुन बालेनले पद छोड्न लागेका हुन्। उनी झापा–५ बाट एमाले अध्यक्ष केपी शर्मा ओलीविरुद्ध उम्मेदवार बन्ने तयारीमा छन्।
केहीबेरमा राजीनामा दिएर उनी आज दिउँसो २ बजे बस्ने रास्वपाको केन्द्रीय कमिटी बैठकमा सहभागी हुने तयारीमा छन्।




