काठमाडौं । पूर्वप्रधानमन्त्री एवं प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता डा. बाबुराम भट्टराईले प्रतिनिधि सभा सदस्यका लागि दर्ता गराएको आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्। गोरखा क्षेत्र नम्बर २ मा भट्टराईले प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा)बाट उम्मेदवारी दिएका थिए।
शुक्रबार सामाजिक सञ्जालमार्फत प्रत्यक्ष सम्बोधन गर्दै डा. भट्टराईले आफ्नो चुनावी दौडबाट पछि हट्ने अप्रत्यासित निर्णय सार्वजनिक गरेका हुन्।
भट्टराईले आफ्नो उम्मेदवारी फिर्ता लिनुको मुख्य कारण गोरखा–२ का स्थानीय नागरिक तथा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूबाट आएको सुझाव र आग्रहलाई मानेका छन्। सम्बोधनका क्रममा उनले भनेका छन्, “सबै पक्षको भावना र वर्तमान राजनीतिक परिस्थितिको विश्लेषण गर्दै मैले उम्मेदवारी फिर्ता लिने निर्णय गरेको हुँ।”




