तस्विर : सोसल मिडिया
काठमाडौं । काठमाडौंको जमलमा आज मध्याह्न तीनवटा सवारी साधन एकआपसमा ठोक्किएर दुर्घटना भएको छ।
प्रहरीका अनुसार, मंगलबार दिउँसो करिब १२:३० बजे एउटा भ्यान, मोटरसाइकल र स्कुटर एकापसमा ठोक्किएका हुन्।
दुर्घटना लगत्तै मोटरसाइकलमा अचानक आगो लागेको थियो। घटनास्थलमा खटिएको प्रहरी टोलीले तत्कालै आगो नियन्त्रणमा लिएको छ। दुर्घटनामा मोटरसाइकल चालक घाइते भएका छन्। उनलाई तत्कालै उपचारका लागि ट्रमा सेन्टर लगिएको छ।
दुर्घटनाका कारण जमल क्षेत्रको सवारी आवागमन केही समय प्रभावित भए पनि अहिले प्रहरीले स्थिति सामान्य बनाइसकेको छ।




