तस्विर : अमरराज नहर्की
तनहुँ । चुनावी मैदानमा उत्रिएका उम्मेदवारहरूबीच आरोप-प्रत्यारोप र तिखो टिप्पणी चलिरहेका बेला तनहुँ क्षेत्र नम्बर १ मा एउटा यस्तो दृश्य देखियो, जसले धेरैको मन छोएको छ।
बन्दीपुरको ऐतिहासिक पदमार्गमा चुनावी घरदैलोका क्रममा नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराई र नेकपाका उम्मेदवार विद्यानाथ ढकाल बीच जम्काभेट भयो। तर, यो भेट अन्य क्षेत्रमा देखिने जस्तो ‘तनावपूर्ण’ रहेन। दुवै उम्मेदवारले मुस्कुराउँदै एक-अर्कालाई हार्दिकताका साथ अङ्कमाल गरे र चुनावी अभियानबारे संक्षिप्त भलाकुसारी गरे।
यो एउटा सामान्य भेट मात्र नभई नेपाली राजनीतिको खस्कँदो संस्कारलाई दिएको दरिलो जवाफ पनि हो।




