काठमाडौं, माघ २२ । पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा. बाबुराम भट्टराईलाई पितृशोक परेको छ । उनका पिता भोजप्रसाद भट्टराईको ९७ वर्षको उमेरमा बिहीबार बिहान निधन भएको हो ।
स्वास्थ्यमा केही दिनदेखि जटिल समस्या देखिएपछि उनलाई उपचारका लागि बाँसबारीस्थित न्युरो अस्पतालमा भर्ना गरिएको थियो । उपचारकै क्रममा आज बिहान उनको निधन भएको पारिवारिक स्रोतले पुष्टि गरेको छ । स्वर्गीय भट्टराईको पार्थिव शरीरलाई आजै पशुपति आर्यघाटमा ल्याइने र हिन्दु संस्कार अनुसार अन्त्येष्टि गरिने कार्यक्रम रहेको छ ।
नको निधनप्रति विभिन्न राजनीतिक दलका नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूले सामाजिक सञ्जाल र अन्य माध्यमबाट गहिरो दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरिरहेका छन् ।




