काठमाडौं, माघ २३ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रौतहट क्षेत्र नं. २ का उम्मेदवार सगिर आलमको चुनावी अभियानमा प्रयोग भएको गाडीको ठक्करबाट ४ वर्षीया बालिकाको मृत्यु भएको घटनाप्रति गहिरो दुःख व्यक्त गरेको छ। पार्टीले यस घटनाको वस्तुनिष्ठ र निष्पक्ष छानबिनका लागि स्थानीय प्रशासनलाई पूर्ण सहयोग गर्ने स्पष्ट पारेको छ।
पार्टी महामन्त्री कविन्द्र बुर्लाकोटीद्वारा जारी विज्ञप्तिमा घटनाको सत्यतथ्य पत्ता लगाउन स्थानीय प्रशासनलाई हरतरहले सहयोग गर्ने प्रतिबद्धता जनाइएको छ। साथै रास्वपाले चुनावी अभियानका क्रममा प्रयोग हुने सवारी साधनहरूको परिचालनमा उच्च सतर्कता अपनाउन आफ्ना उम्मेदवार, कार्यकर्ता र चालकहरूलाई कडा निर्देशन दिएको छ।




