काठमाडौं, माघ २५ । काठमाडौँ महानगरपालिकाका पूर्व प्रमुख एवं राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र (बालेन) शाहको घरमा चोरी गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले काठमाडौँ-१६ का ४२ वर्षीय विष्णुबहादुर राजवाहक, सिन्धुपाल्चोकका ४६ वर्षीय खिमबहादुर खड्का र डोटीका ४५ वर्षीय सञ्जय श्रेष्ठलाई पक्राउ गरेको हो।
प्रहरीका अनुसार पक्राउ परेका यी तीनै जना गत भदौ २४ गते ‘जेन-जी’ आन्दोलनको क्रममा नख्खु कारागारबाट फरार भएका कैदीहरू हुन्। उनीहरूको साथबाट चोरी गरिएको ल्यापटप, चार्जर र भिडियो रेकर्डर समेत बरामद गरिएको छ।




