• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • वाग्मती प्रदेश विशेष
  • गण्डकी प्रदेश विशेष
  • स्वास्थ्य
  • साहित्य
  • आर्थिक
  • खेलकुद
  • पत्रपत्रिका
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • रोचक
  • विचार/ब्लग
  • विज्ञान प्रविधि
×
आइतबार, असोज १८, २०८३
☰
आइतबार, असोज १८, २०८३
    • समाचार
    • वाग्मती
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

सरकारको दुई दिने बिदाले पोखराको पर्यटनमा उत्साहः आन्तरिक पर्यटकको चहलपहल बढ्यो

बुलिङ्गटारको निःशुल्क स्वास्थ्य शिविरमा ६५ जना पुरुष र १४५ जना महिलाको परिक्षण

मुस्ताङको लोमान्थाङमा पश्मिना “डिडस्टिङ” प्लान्ट स्थापना

गण्डकीका मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिँदै

गण्डकी नीति तथा योजना आयोग उपाध्यक्षमा देवकोटा

इयु राजदूत लोरेन्जोद्धारा मुस्ताङमा एकीकृत च्याङग्रा पश्मिना फार्मको उद्घाटन

पर्वतीय क्षेत्रलाई जलवायु परिवर्तनको असरबाट जोगाऔँ : मुख्मन्त्री अधिकारी

गण्डकीका मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिँदै

गण्डकीका चार सय ६७ स्थानमा डढेलो

लोकप्रिय समाचार

  • १. ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल, बजारबाट फिर्ता गर्न आदेश

  • २. चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

  • ३. युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु दिवस’ मनाइँदै

  • ४. कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही गर्ने

  • ५. लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो: ३० घरपरिवार जोखिममा, बस्ती नै पहिरोको उच्च खतरामा

  • ६. दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

  • ७. मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ

  • ८. राति सुत्नुअघि नुहाउने बानी: मानसिक शान्ति र राम्रो निद्राको प्राकृतिक उपाय

  • ९. संघीय संसद्को बैठक बस्दै

  • १०. भोटेकोशी बाढी अपडेट : १ हजार ४ सय ५४ जनाको शव फेला

संकटको सारथी, विकासको आधार: जितेन्द्र श्रेष्ठलाई यसपटक ललितपुर–३ को जिम्मा!


  •   मङ्गलबार, माघ २७, २०८२ मा प्रकाशित
  • ललितपुर,  माघ २७  । आगामी प्रतिनिधिसभा निर्वाचनको सरगर्मी बढेसँगै ललितपुर क्षेत्र नं. ३ मा चुनावी माहोल तातिएको छ। नेपाली कांग्रेसले यस क्षेत्रमा जिल्ला सभापति जितेन्द्र कुमार श्रेष्ठलाई उम्मेदवार बनाएपछि स्थानीय मतदाता र कार्यकर्ताहरूमा नयाँ उत्साह देखिएको छ।

    Advertisement

    नेपाली कांग्रेस ललितपुरका सभापति जितेन्द्र कुमार श्रेष्ठ केवल जिल्लामा मात्र सीमित नाम होइन, उनी देशभरकै कांग्रेस वृत्तमा एक ‘बदलिएको परिवेशको बदलिएको कांग्रेस’ बनाउने अभियन्ताका रूपमा परिचित छन्। पार्टीभित्र युवा पुस्ताको आवाज र गगन थापा जस्ता प्रभावशाली नेताहरूसँगको निकटताका कारण उनलाई कांग्रेसको ‘सुनौलो भविष्य’ बोकेका नेताका रूपमा हेरिने गरिएको छ। गगन र जितेन्द्रको सहकार्यले पार्टीभित्रको रूपान्तरण अभियानलाई थप ऊर्जा दिएको विश्लेषण गरिन्छ।

    जेनजीको रोजाइ र सुशासनको मार्गचित्र
    वर्तमान समयमा युवा पुस्ता जेनजीको मुख्य चाहना भनेकै नागरिक स्वतन्त्रता, भ्रष्टाचारको अन्त्य र सुशासन हो। उम्मेदवार श्रेष्ठले यिनै मुद्दाहरूलाई आफ्नो प्रमुख चुनावी एजेन्डा बनाएका छन्। उनले समृद्ध नेपालको सपना साकार पार्न स्पष्ट मार्गचित्र प्रस्तुत गर्दै भ्रष्टाचारमुक्त समाज र पारदर्शी राजनीतिको वकालत गर्दै आएका छन्। जितेन्द्र कुमार श्रेष्ठको अर्को बलियो पक्ष भनेको उनको समन्वयकारी क्षमता हो। स्थानीय तहदेखि प्रदेश हुँदै केन्द्रसम्म राम्रो पहुँच र प्रभाव भएका कारण ललितपुरको विकासका लागि आवश्यक बजेट र योजनाहरू ल्याउन उनी सक्षम रहेको मतदाताहरूको बुझाइ छ।

    उनले भनेका छन्, “मेरो उम्मेदवारी केवल पदका लागि होइन, ललितपुरलाई आधुनिक र समृद्ध सहर बनाउने सपना पूरा गर्नका लागि हो। स्थानीय आवश्यकतालाई केन्द्रसम्म पुर्याउने सामर्थ्य मसँग छ।”

    ‘रुख’ चिन्ह लिएर चुनावी मैदानमा होमिएका श्रेष्ठले आफ्नो चुनावी अभियानलाई ‘सम्मुन्नत नेपाल’ को यात्राका रूपमा व्याख्या गरेका छन्। ललितपुर क्षेत्र नं. ३ मा उनको आगमनसँगै विकासप्रेमी मतदाताहरूले एक परिपक्व र भिजनरी नेता पाएको चर्चा सुरु भएको छ।

    मतदाताहरूसँगको संवादका क्रममा स्थानीयले श्रेष्ठको विगतको योगदानलाई खुलेर प्रशंसा गरेका छन्। ललितपुर क्षेत्र नं. ३ को घरदैलो अभियानमा स्थानीयको उत्साहजनक साथ। ठैवका मतदाता ज्ञानलाल महर्जन भन्नुहुन्छ-“पदमा रहँदा मात्र होइन, नरहँदा पनि हाम्रो सुखदुःखमा साथ दिने नेता नै हाम्रो पहिलो रोजाइ हो।” गोदावरी नगरपालिका वडा नं. १४, ठैबका स्थानीय बासिन्दा पशुपति महर्जनले भन्नुभयाे- “भूकम्पको कठिन समय होस् वा अरु बेला सर्वसाधारणलाई समस्या पर्दा, जितेन्द्र कुमार श्रेष्ठले सधैँ अगाडि सरेर सहयोग गर्दै आउनुभएको छ। दुःखमा साथ दिने यस्तो व्यक्तिलाई यसपटक हामीले जिताउनै पर्छ, उहाँ जिताउनै पर्ने मान्छे हो।”

    आफ्नो चुनावी अभियानको क्रममा उम्मेदवार जितेन्द्र कुमार श्रेष्ठले मतदाताहरूसँग भावनात्मक सम्बन्ध जोड्दै आफू यही माटोको सन्तान भएको स्मरण गराउनुभएको छ। घरदैलोका क्रममा उनले भने – “म यही ललितपुरको माटोमा जन्मिएँ, यही हुर्किएँ र यहीका दुःख-सुखसँगै बढेँ। त्यसैले यहाँका दाजुभाइ, दिदीबहिनीहरू मेरो लागि मतदाता मात्र होइन, आफ्नै परिवारजस्तै हुनुहुन्छ।”

    भेटघाटका क्रममा स्थानीयबाट पाएको “आफ्नै मान्छे, आफ्नै नेता” भन्ने स्नेहलाई आफ्नो जीवनको सबैभन्दा ठूलो सम्मान ठान्दै श्रेष्ठले संसदमा नीति निर्माणका लागि सुझबुझपूर्ण नेतृत्व आवश्यक रहेकोमा जोड दिए। उनी थप्छन्– “संसद नीति निर्माण गर्ने थलो हो, तसर्थ भावी सन्ततिका लागि समुन्नत नेपाल निर्माण गर्न वर्तमानमा ऊर्जाशील र कर्मठ नेतृत्व चाहिन्छ। म हजुरहरूकै सुझाव र शुभेच्छाका साथ यो जिम्मेवारी सम्हाल्न तयार छु।”

    उनले फागुन २१ गते हुने निर्वाचनमा ‘रुख’ चिन्हमा मतदान गरी आफूलाई विजयी गराउन ललितपुर क्षेत्र नं ३ का सम्पूर्ण मतदाताहरूमा हार्दिक अपील समेत गरेका छन्।

    • ललितपुर
    मङ्गलबार, माघ २७, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने
    अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल
    कांग्रेसको १५औँ महाधिवेशनमा तामझाम नगर्ने, पर्चा नटाँस्न उम्मेदवारलाई आग्रह
    महाकाली नदीमा पानीको सतह बढ्न सक्ने, किनारका बासिन्दालाई सतर्क रहन चेतावनी
    सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो
    संसद्का बैठक जारी: विभिन्न विधेयक र कार्यसूचीमाथि छलफल हुँदै (LIVE)

    लोकप्रिय

    • १.
      ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल,

    • २.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित

    • ३.
      युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु

    • ४.
      कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही

    • ५.
      लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो:

    • ६.
      दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा

    भर्खरै

    • १.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

    • २.
      अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल

    • ३.
      बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने

    • ४.
      कांग्रेसको १५औँ महाधिवेशनमा तामझाम नगर्ने, पर्चा नटाँस्न उम्मेदवारलाई आग्रह

    • ५.
      महाकाली नदीमा पानीको सतह बढ्न सक्ने, किनारका बासिन्दालाई सतर्क रहन चेतावनी

    • ६.
      अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ

    • ७.
      अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)

    • ८.
      सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    हाम्रो टीम

    प्रोफेसनल मिडिया द्दारा संचालित
    नवीनप्रेस डटकम
    सल्लाहकारहरू:
    नवीनराज पौडेल –न्युज/कर्पोरेट
    जनप्रकाश चापागाई –बजार ब्यबस्थापन
    सुदिप पन्डित-(अधिबक्ता )कानुन

    प्रकाशक :बिष्णुमाया पान्डेय
    प्रबन्ध सम्पादक :सुर्य प्रसाद अधिकारी
    समाचार डेस्क :श्रीया अर्याल,ऋषि अधिकारी,यमुना मल्ल

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना
    कर्पोरेट अफिस: कुमारीपाटी, ललितपुर
    ९८४६५११७५५
    ठेगाना: भरतपुर-४,चितवन
    सम्पर्क : ०५६-५०३०१०
    दर्ता नं.७०-७४/७५
    इमेल: nabinkhabar36@gmail.com

    बिज्ञापनको लागि सम्पर्क
    ९८०१०२९८८५, ९८६३०४८४८०

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    संगिता बॅानिया-भरतपुर
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    यमुना मल्ल-भक्तपुर
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना

    कर्पोरेट अफिस: अनामनगर, काठमाण्डौ
    ०१-५७०५८१५
    ठेगाना: भरतपुर, चितवन
    सम्पर्क : ०५६-५९४२००
    दर्ता नं.: ११७९६२/२०७०/७१
    इमेल: khabarnabin@gmail.com

    बिज्ञापनको लागि संपर्क

    ०५६-५२३४००, ०५६-५०३००९, ०५६-५०३०१०, ०१-५७०५८१५, ९८०१०२९८८५, ९८६३०४८४८०

    द्रुत लिंक

    • हाम्रो बारेमा
    • सम्पर्क
    • विज्ञापन
    • Facebook
    • Twitter
    • YouTube
    • Preeti to Unicode
    Copyright ©2026 Nabin Press | All rights Reserved.
     Website By :  nwTech.