दार्चुला, माघ २७ । दार्चुलामा कार्यरत एक प्रहरी हबलदारको विभत्स हत्या गरिएको छ। सामुदायिक प्रहरी केन्द्रमा कार्यरत प्रहरी हबलदार योगेन्द्र घर्तीको शव बंगाबगडस्थित एक होटलको पछाडि फेला परेको हो।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका डीआईजी ओम रानाका अनुसार घर्तीको हत्या कुटपिट गरी गरिएको प्रारम्भिक अनुमान गरिएको छ। घटनाको प्रकृति शङ्कास्पद देखिएपछि प्रहरीले अनुसन्धानका लागि ४ जना शङ्कित व्यक्तिहरूलाई नियन्त्रणमा लिएको छ।
पक्राउ परेकाहरूमाथि सोधपुछ भइरहेको र शवको पोष्टमार्टमपछि थप विवरण खुल्ने प्रहरीले जनाएको छ।




