काठमाडौं, माघ २८ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको कार्यभारसमेत सम्हालेकी प्रधानमन्त्री सुशीला कार्कीले आज राष्ट्रियसभाको बैठकमा ‘चलचित्र विधेयक, २०८१’ प्रस्तुत गर्ने भएकी छन्।
प्रधानमन्त्री कार्कीले संघीय संसदको माथिल्लो सदनमा दिउँसो १ः१५ बजे विधेयक पेस गर्दैछन् । सो अवसरमा विधेयकलाई छलफलसहित पारित गर्ने प्रस्ताव पनि प्रस्तुत हुनेछ ।
त्यसैगरी सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र अर्थ मन्त्रालयमा उठेका जिज्ञासाको सम्बन्धित मन्त्रीले जवाफ दिइरहेका छन् । विधायन व्यवस्थापन समितिकी सभापति तुलसाकुमारी दाहालले समितिको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन पेश गर्ने कार्यक्रम छ ।
प्रत्यायोजित विधायन समितिसँगको अध्ययन प्रतिवेदनमाथि छलफलको माग गर्दै संसदको कामकाजले पनि प्रस्ताव गर्नेछ ।




