तस्विर: बद्री चौलागाई
काठमाडौं, माघ २९ । शंखरापुर–३ स्थित फेदीको पुल नजिकै आज जहरसिंपौवा यातायातको बस दुर्घटना हुँदा २० जनाभन्दा बढी यात्रु घाइते भएका छन्। दुर्घटनाका घाइतेहरूको तत्काल उद्धार गरी उपचारका लागि साँखुस्थित पिपल्स लाइफ केयर अस्पताल पुर्याइएको छ।
अस्पतालका अनुसार अधिकांश घाइतेहरूको अवस्था सामान्य रहे पनि केही गम्भीर घाइतेहरूलाई थप उपचारका लागि काठमाडौं मेडिकल कलेज रिफर गरिएको छ। दुर्घटनाको ठोस कारण अझै खुल्न सकेको छैन। प्रहरीले घटनाको अनुसन्धान सुरु गरिसकेको छ भने घाइतेहरूको विस्तृत विवरण संकलन गर्ने काम भइरहेको छ।




