नवलपरासी, फागुन १ । नवलपरासी (पश्चिम) क्षेत्र नं. १ का क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य उम्मेदवार विनोद चौधरीले बर्दघाट नगरपालिका–चिसापानीमा निर्माणाधीन ट्रमा सेन्टरको ट्रमा सेन्टरको स्थलगत अनुगमन गरेका छन् । अवलोकनका क्रममा चौधरीले आयोजनाको महत्वलाई ध्यान दिँदै आगामी असोज २३ गतेभित्रै निर्माण सम्पन्न गर्न निर्माण पक्षलाई निर्देशन दिएका छन्।
एक वर्षअघि सुरु भएको यस आयोजनाको पहिलो तलाको ढलान कार्य भइरहँदा चौधरीले निर्माणस्थल पुगेर प्रगतिको जानकारी लिएका हुन्। यस गौरवको आयोजनाको पहिलो तलाको ढलान कार्य भइरहँदा निर्माणस्थल पुग्नुभएका चौधरीले यसलाई केवल भवन मात्र नभई पूर्व–पश्चिम राजमार्गमा हुने दुर्घटनाका घाइतेहरूको ज्यान जोगाउने ‘आशाको केन्द्र’ का रूपमा चित्रण गरे।
आगामी असोज २३ गतेभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको यो ट्रमा सेन्टरले नवलपरासी–बुटवल खण्डका सवारी दुर्घटनाका पीडित र स्थानीय आकस्मिक बिरामीलाई तत्काल सुविधा सम्पन्न उपचार सेवा प्रदान गर्नेछ। निर्वाचनका बेला आफूले गरेको प्रतिबद्धता अनुसार स्वास्थ्य पूर्वाधार सुदृढ बनाउन आयोजनाको निरन्तर अनुगमन गर्ने र तोकिएकै समयमा सेवा सुरु गराउने प्रतिबद्धता समेत उनले व्यक्त गरेका छन्।




