काठमाडौं, फागुन १४ । नेपाली बजारमा बिहीबार सुन र चाँदी दुवैको मूल्यमा वृद्धि भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य तोलामा ६०० रूपैयाँले बढेर ३ लाख १५ हजार ४०० रूपैयाँ कायम भएको छ, जबकि बुधबार यसको मूल्य प्रतितोला ३ लाख १४ हजार ८०० रूपैयाँ रहेको थियो।
त्यसैगरी, चाँदीको मूल्यमा पनि प्रतितोला १० रूपैयाँको वृद्धि भई ५ हजार ७२५ रूपैयाँमा कारोबार भइरहेको छ।




