चितवन, फागुन १५ । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र साहले मुलुकको अवस्था बन्द रहेको हेटौँडा सिमेन्ट कारखाना जस्तै भएको टिप्पणी गर्दै अब देशलाई औद्योगिक गतिको आवश्यकता रहेको बताएका छन्।
साहले मुलुक हेटौँडा सिमेन्ट कारखानाजस्तै बन्द अवस्थामा पुगेको भन्दै अब चलाउनुपर्ने टिप्पणी गरे । उनले भने, ‘हाम्रो देश हेटौडा सिमेन्ट कारखाना जस्तै भएको छ, अब चल्नुपर्यो नेपाली कांग्रेसकाे ‘वाईवाई’ फ्याक्ट्री जस्तै चल्नुपर्याे’, उनले भने ।
चितवनमा आयोजित परिवर्तन उद्घघाेष चुनावी सभालाई सम्बोधन गर्दै नेता साहले देशमा दक्ष जनशक्ति, कच्चा पदार्थ र प्रविधि हुँदाहुँदै पनि उद्योगहरू बन्द हुनु दुर्भाग्यपूर्ण भएको उल्लेख गरे। उनले बन्द रहेका सबै सरकारी कारखानाहरू सञ्चालन गर्ने र नयाँ उद्योग स्थापना गरी रोजगारी सिर्जना गर्ने रास्वपाको योजना रहेको बताउँदै आसन्न निर्वाचनमा घण्टी चिह्नमा मतदान गर्न अपिल गरे।
साहले चितवनमा बोल्दै कृषि बजारमा रहेको बिचौलिया र सिन्डिकेटको अन्त्य गर्ने कडा संकल्प गरेका छन्। उनले किसानका उत्पादन सडकमा फालिने दिनको अन्त्य गर्दै चितवनमा अत्याधुनिक शीतभण्डार बनाउने योजना सुनाए। देशको अवस्था बन्द रहेको हेटौँडा सिमेन्ट जस्तै भएको टिप्पणी गर्दै उनले स्रोत र साधनको सही उपयोग गरी देशलाई गति दिने र पर्यटनमार्फत विश्व बजारमा चिनाउने प्रतिज्ञा गरे।




