काठमाडौं, फागुन १७ । शिखर पावर लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक सेयर निष्कासन गरेको छ।
कम्पनीले १८ करोड ४२ लाख ६० हजार रुपैयाँ बराबरको कुल १८ लाख ४२ हजार ६०० कित्ता सेयर सर्वसाधारण लगानीकर्ताका लागि बिक्री खुल्ला गरेको हो। यसका साथै कर्मचारीहरूका लागि ४४ हजार ४०० कित्ता सेयर छुट्याइएको छ।
लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्। निष्कासन छिटोमा फागुन २६ गते र ढिलोमा चैत १ गते बन्द हुने कम्पनीले जनाएको छ। इक्रा नेपालले यस कम्पनीलाई ‘इक्राएनपी डबल बी’ रेटिङ दिएको छ, जसले वित्तीय दायित्व वहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको जनाउँछ। यसको बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ।




