धनुषा, फागुन १९ । धनुषा निर्वाचन क्षेत्र नम्बर १ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार किशोरी साहको उम्मेदवारी निर्वाचन आयोगले खारेज गरिदिएको छ।
कर्जा सूचना केन्द्रको कालोसूचीमा रहेको पुष्टि भएपछि आयोगले साहको उम्मेदवारी रद्द गर्ने निर्णय गरेको हो। कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीका अनुसार, उम्मेदवार बन्नका लागि आवश्यक कानुनी मापदण्ड र योग्यता नपुगेको पाइएपछि उजुरी र छानबिनका आधारमा यो कदम चालिएको हो।
नेपालको निर्वाचन कानुन बमोजिम बैंक तथा वित्तीय संस्थाको ऋण नतिरी कालोसूचीमा रहेका व्यक्ति उम्मेदवार हुन नपाउने व्यवस्था रहेकाले साहको उम्मेदवारी बदर भएको हो। यो निर्णयसँगै धनुषामा रास्वपालाई ठूलो राजनीतिक धक्का लागेको छ।




