काठमाडौं, फागुन २० । मध्यपूर्वमा विकसित जटिल परिस्थितिलाई दृष्टिगत गर्दै परराष्ट्र मन्त्रालयले सञ्चालनमा ल्याएको सूचना पोर्टलको खाडी क्षेत्रका नेपाली दूतावासहरूले प्रभावकारी प्रचारप्रसार र समन्वय सुरु गरेका छन्।
दूतावासका अनुसार नेपाली नागरिकको अवस्थासम्बन्धी तथा आवश्यक कारबाहीको प्रयोजनका लागि सूचना सङ्कलनका लागि पोर्टल सञ्चालनमा ल्याइएको हो ।
विशेषगरी नेपाली दूतावास रियादले साउदी अरेबिया र यमनमा रहेका नेपाली श्रमिकहरूको अवस्था बुझ्न र आवश्यक उद्धार वा कारबाहीका लागि पोर्टलमा आफ्नो विवरण दर्ता गर्न आग्रह गरेको छ। यसैबीच, विभिन्न राजनीतिक दलका प्रवासी सङ्घसंस्थाहरूले पनि नेपालीहरूको सहयोगका लागि सम्पर्क व्यक्तिहरू तोक्दै समन्वयकारी भूमिका खेलिरहेका छन्।




