काठमाडौं, फागुन २१ । झापाका लागि उडेका काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाह (बालेन्द्र शाह) सवार हेलिकप्टर उडेको केही बेरमै काठमाडौं फर्किएको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको करिब ५ मिनेटमै हेलिकप्टर पुनः काठमाडौं अवतरण गरेको हो।
आज बिहान काठमाडौं–२ स्थित सिनामंगलको अन्नपूर्ण इङ्लिस स्कुल मतदान केन्द्रबाट मतदान गरेपछि क्षेत्र नम्बर ५ मा उम्मेदवार रहेका उनी झापा जाने तयारीमा थिए।
नागरिक उड्डयन प्राधिकरणका अनुसार उक्त विमान बिहान १०:१० बजे काठमाडौंमा अवतरण भएको थियो। हेलिकप्टर किन फर्किएको हो भन्नेबारे आधिकारिक जानकारी भने अहिलेसम्म सार्वजनिक गरिएको छैन।




