काठमाडौं, फागुन २२ । बिहीबार सम्पन्न प्रतिनिधिसभा निर्वाचनको प्रारम्भिक मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले देशभरि नै प्रभावशाली अग्रता बनाएको छ। पछिल्लो विवरण अनुसार रास्वपाका उम्मेदवारहरू देशभरका ४१ निर्वाचन क्षेत्रमा अगाडि रहेका छन्।
काठमाडौँ–१ मा रास्वपाकी रञ्जु न्यौपाने (दर्शना) १५,४५५ मतका साथ विजयी घोषित हुनुभएको छ भने काठमाडौँका बाँकी ७ वटै क्षेत्रमा पनि रास्वपाको अग्रता कायमै छ। उपत्यका बाहिर झापा–५ मा बालेन शाह, चितवन–२ मा रवि लामिछाने र तनहुँ–१ मा डा. स्वर्णिम वाग्लेले पुराना दलका दिग्गज नेताहरूलाई पछि पार्दै बलियो पकड जमाएका छन्।
रास्वपाको यो प्रभाव सहरी क्षेत्रमा मात्र सीमित नभई तराई र सुदूरपश्चिमका मोरङ, रूपन्देही र कञ्चनपुर जस्ता जिल्लाहरूमा पनि उल्लेख्य रूपमा देखिएको छ।




