काठमाडौं, फागुन २२ । सर्लाही क्षेत्र नम्बर ४ को प्रारम्भिक मतगणनामा नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापालाई ठूलो धक्का लागेको छ। सार्वजनिक भएको पछिल्लो परिणाम अनुसार, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार डा. अमरेश सिंहले थापालाई तेब्बरभन्दा बढी मतान्तरले पछि पारेका छन्।
अमरेश सिंहको आफ्नै गृहनगर बलाराको ३ हजार मत गणना भइसक्दा उनले १,९०८ मतका साथ फराकिलो अग्रता बनाएका छन् भने गगन थापाले मात्र ५३६ मत प्राप्त गरेका छन्। यस क्षेत्रमा अन्य दलको अवस्था निकै कमजोर देखिएको छ; जहाँ ‘तारा’ चिह्नका उम्मेदवारले ३६९ मत र नेकपा एमालेका ‘सूर्य’ चिह्नका उम्मेदवारले केवल ६९ मत पाएका छन्।
काठमाडौं क्षेत्र नम्बर ४ छाडेर सर्लाही झर्नुभएका गगनका लागि यो सुरुवाती नतिजा प्रतिकूल देखिएको छ। अर्कोतर्फ, उहाँले छोडेको काठमाडौं–४ मा पनि रास्वपाले नै अग्रता लिँदै कांग्रेसको विरासत खोस्ने संकेत देखाएको छ।




