काठमाडौं, फागुन २२ । झापा क्षेत्र नम्बर ५ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता बालेन्द्र शाह (बालेन) को विजय लगभग निश्चित देखिएको छ। प्रारम्भिक मतगणनामा उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई दोब्बरभन्दा बढी मतान्तरले पछि पार्दै आफ्नो अग्रतालाई जितको नजिक पुर्याएका छन्।
विजय सुनिश्चित देखिएसँगै बालेन अहिले झापातर्फ प्रस्थान गरेका छन्। हिजो हेलिकप्टरबाट जाने प्रयास गरे पनि अवतरण नगरस् काठमाडौँ फिर्ता हुनुपरेको थियो। आज भने उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित उडानमार्फत झापा जाँदै छन्। मतपरिणामको औपचारिक घोषणा भएलगत्तै झापामा विजय उत्सव मनाउने तयारी भइरहेको छ।




