काठमाडौं, फागुन २२ । काठमाडौँ निर्वाचन क्षेत्र नं. ८ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विराजभक्त श्रेष्ठ प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन्।
उनले कुल १९,३५३ मत प्राप्त गर्दै आफ्ना निकटतम प्रतिस्पर्धी हाम्रो नेपाली पार्टीका सुमन सायमीलाई १३,१७९ मतान्तरले पराजित गरेका हुन्। सायमीले कुल ६,१७४ मत प्राप्त गरे।
यस क्षेत्रमा सत्ता गठबन्धनका साझा उम्मेदवार नेकपा (एकीकृत समाजवादी) का जीवनराम श्रेष्ठ ४,८७७ मतका साथ तेस्रो स्थानमा रहे भने नेकपा एमालेका उम्मेदवार शिवसुन्दर राजवैद्यले ३,५२२ मत प्राप्त गरे।
यसअघि बागमती प्रदेश सभा सदस्य रहिसकेका श्रेष्ठले यसपटक संघीय निर्वाचनमा सानदार जित निकाल्दै आफ्नो क्षेत्र सुरक्षित गरेका हुन्।




